काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेश कुमार केसी नियुक्त भएका छन् ।
जेठ १० गते बसेको बैंक सञ्चालक समिति बैठकले केसीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आगमी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका केसीले जेठ ११ गते सोमबारदेखि नै पदभर सम्हाल्नेछन् । उनि सिन्धु विकास बैंककै नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।
बैंकिङ क्षेत्रमा २० वर्षका अनुभव भएका केसीले तत्कालिन मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत र कुमारी बैंकको आन्तरिक लेखापरिक्षण विभाग प्रमुखका रुपमा काम गरेका थिए ।

Comment