वैशाखमा निर्जीवन बीमा कम्पनीहरूको व्यापार ४ अर्ब नाघ्यो, हिमालयन एभरेष्ट इन्स्योरेन्स अग्रस्थानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनामा नेपालका निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरूले वैशाख महिनामा कुल ४ अर्ब १ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्।

उक्त अवधिमा कम्पनीहरूले २ लाख ४१ हजार ८३५ वटा बीमालेख जारी गरेका छन्।

वैशाखमा सर्वाधिक व्यापार गर्ने कम्पनीको रूपमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। कम्पनीले एक महिनामा ६३ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

त्यसपछि एनएलजी इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ। कम्पनीले वैशाखमा ४३ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स ले ४२ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै तेस्रो स्थान हासिल गरेको छ।

यसैगरी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स ले ४१ करोड ४९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्स ले ३९ करोड ९ लाख रुपैयाँ तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ले ३७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

त्यस्तै, नेको इन्स्योरेन्स ले २८ करोड ९४ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्स ले २८ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

अन्य कम्पनीमध्ये युनाइटेड अजोड इन्स्योरेन्स ले २१ करोड १८ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्स ले १६ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स ले १४ करोड ७० लाख रुपैयाँ तथा प्रभु इन्स्योरेन्स ले १२ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

यस्तै, नेसनल इन्स्योरेन्स ले ८ करोड ३२ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनी ले ३ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।