प्रदेश सभा सदस्यले ठाकुरले लिइन् शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रदेश सभा सदस्यमा नियुक्त सरिताकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छन्।

सभामुख रामअशिष यादवले उनलाई शपथ ग्रहण गराए। राप्रपाबाट प्रदेश सभा सदस्य रहेकी कञ्चन बिच्छा नेकपा एमालेको नेतृत्वमा सरकारमा मन्त्री बनेकी थिइन्। पार्टीले उनलाई मन्त्री पदबाट फिर्ता बोलाए पनि अटेर गरेपछि अनुशासनको कारबाही गरेको थियो।

उनलाई राप्रपाले प्रदेशसभा सदस्यबाट हटाएर ठाकुरलाई नियुक्त गरेको थियो। निर्वाचन आयोगको ३० वैशाखको निर्णयअनुसार ठाकुर प्रदेशसभा सदस्यमा नियुक्त भएकी हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।