विश्व सडक सुरक्षा सप्ताह – २०२६ कोअवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसरमा राष्ट्रिय सडक सुरक्षा परिषद् र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा आइतबार प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।

‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरणमा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, यातायात क्षेत्रसँग सम्बन्धित संघसंस्था तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको समापन नेपाल सरकार पूर्वाधार विकास मन्त्रालयका सचिव तथा राष्ट्रिय सडक सुरक्षा परिषद्का अध्यक्ष गोपालप्रसाद सिग्देलको प्रमुख आतिथ्यमा गरिएको थियो। कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसी, राष्ट्रिय सडक सुरक्षा परिषद्का प्राविधिक सल्लाहकार सरोज प्रधान, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, रोटरी इन्टरनेशनल सडक सुरक्षा समितिका अध्यक्ष नुगल वैद्य तथा एनएआइएमए नेपालका कार्यकारी निर्देशक राजकुमार दुलाललगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी विभिन्न संघसंस्था, सुरक्षा निकाय, टोल सुधार समिति, युवा क्लब, नगर प्रहरी, विद्यार्थी, सवारी चालक–सहचालक, समाजसेवी तथा सञ्चारकर्मीहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो।

बबरमहलबाट सुरु भएको प्रभातफेरी माइतीघर मण्डला, नयाँ बाटो र भद्रकाली हुँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा पुगेर समापन गरिएको थियो।

समापन कार्यक्रममा प्रमुख अतिथि सिग्देलसहित प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी, प्राविधिक सल्लाहकार सरोज प्रधान, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला तथा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।