काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा असारमा हुने भएको छ ।
रास्वपाले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने भएको छ। रास्वपा नेता गणेश पराजुलीले सामाजिक सञ्जालमा लेख्दै प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनमा हुने जानकारी दिएका छन्।
रास्वपा सभापति रवि लामिछानेले पार्टीको प्रथ महाधिवेशनसहितका विषयमा छलफल गर्न आज पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा केन्द्रीय समिति बैठक डाकेका थिए। बैठक चलिरहेको छ।

Comment