राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बाहिरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहहँदा प्रधानमन्त्री बालेन्द्र शाह भने बैठक कक्षबाट बाहिरिएका छन्।

संसद् भवन सिंहदरबार सोमबार सम्बोधन जारी रहँदा प्रधानमन्त्री शाह अप्रत्याशित रूपमा सभाहलबाट बाहिर निस्किए। राष्ट्रपतिको सम्बोधन नसकिँदै प्रधानमन्त्रीले बैठक छाडेर हिँडेपछि संसद्‌मा उपस्थित सांसद र विशिष्ट अतिथिमाझ केहीबेर कानेखुसी भयो। अझ केहीबेर अन्योल पनि छाएको थियो।

प्रधानमन्त्री शाह बैठकबाट किन र कुन परिस्थितिमा बाहिरिएको भन्नेबारे उनको सचिवालयले आधिकारिक जानकारी भने दिइसकेको छैन। यद्यपि नीति तथा कार्यक्रमजस्तो महत्त्वपूर्ण संवैधानिक प्रक्रिया चलिरहँदा कार्यकारी प्रमुखको यस्तो कदमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

नयाँ राजनीतिक समीकरण र आगामी बजेटको पूर्वसन्ध्यामा भएको यो घटनाले थप चर्चा र कौतुहलता जगाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।