काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धक रमेश आचार्यले पदबाट राजीनामा दिएका छन् ।
सरकारले राजनीतिक नियुक्तिहरू खारेज गर्ने तयारी गरिरहेका बेला आचार्यले नैतिकताको आधारमा भन्दै ५ दिनअघि नै राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।
पछिल्लो समय सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मार्फत ठुलो सङ्ख्यामा राजनीतिक नियुक्तिहरू खारेज गर्ने प्रक्रिया अघि बढाएको छ ।
यद्यपि, उक्त अध्यादेशमा खाद्य कम्पनीको महाप्रबन्धकको नाम समावेश थिएन, तर सरकारले थप ५०० जना राजनीतिक नियुक्तिको सूची बनाएर हटाउने तयारी गरेपछि आचार्यले आफैँले मार्ग प्रशस्त गरेका ती अधिकारीले बताए ।
कम्पनीका एक उच्च अधिकारीका अनुसार आचार्यले कुनै विवादका कारण नभई बदलिँदो राजनीतिक परिस्थिति र सरकारको मनसायलाई बुझेर स्वैच्छिक रूपमा राजीनामा दिएका हुन् ।

Comment