चिकित्सक संघको अध्यक्षमा रिजाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल चिकित्सक संघमा बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यकारणी समिति चयन भएको छ।

मंगलबार सम्पन्न मतगणनामा रिजालको नेतृत्वमा नयाँ कार्यकारणी समिति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत प्रणयरत्न शाक्यले जानकारी दिए। निर्वाचनमा रिजालले तीन हजार १९६ मत प्राप्त गरी विजयी भए। उनका निकटत प्रतिस्पर्धी मंगल रावलले दुई हजार ९४० मत प्राप्त गरे।

वरिष्ठ उपाध्यक्षमा सञ्जीव तिवारी र महासचिवमा विश्वराज दवाडी विजयी भए। यस्तै उपाध्यक्षतर्फ कोसीबाट रोशन खड्का, मधेसबाट अमितरञ्जन मिश्र, बागमतीबाट सुवास भट्टराई, गण्डकीबाट यज्ञराज सिग्देल, लुम्बिनीबाट नन्दाकुमारी गुरुङ, कर्णालीबाट रविन खड्का र सुदूरपश्चिमबाट प्रमोद जोशी विजयी भए।

कोषाध्यक्षमा संयुक्त आचार्य, सहसचिव हुलास अग्रवाल र सह-कोषाध्यक्षमा तेजसुसिंह मल्ल विजयी भए। सदस्यमा अमित झा, राकेश शाह, पल्पसा श्रेष्ठ, विना श्रेष्ठ, सुस्मित काफ्ले र शेषराज आचार्य विजयी भए। संघको उपत्यकाबाहिर ४ र ५ वैशाख तथा उपत्यकामा १८ र १९ वैशाखमा निर्वाचन सम्पन्न भएको थियो।

निर्वाचनमा १६ हजार एक सय मतमध्ये सात हजार १०२ मत खसेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।