काठमाडौँ। अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको रिक्त महानिर्देशक पदको जिम्मेवारी सह-सचिव रमेश अर्याललाई दिएको छ।
मन्त्रालयले अर्याललाई विभागको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने गरी निमित्त महानिर्देशकको जिम्मेवारी तोकेको हो। उनी यसअघि सोही विभागमा सह-सचिवका रूपमा कार्यरत थिए।
विभागका पूर्व महानिर्देशकको सरुवा भएपछि केही समयदेखि यो पद रिक्त थियो। सरकारले पूर्णकालीन महानिर्देशक नियुक्त नगरेसम्मका लागि अर्यालले विभागको नेतृत्व सम्हाल्नेछन्। यो विभाग मुलुकको राजस्व संकलन र कर प्रशासनको महत्त्वपूर्ण अंग मानिन्छ।

Comment