नेप्सेमा ७.७३ अंकको वृद्धि, ४ अर्ब ७४ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७३ अंकले बढेर २७९६.४३ बिन्दुमा उक्लिएको छ ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार भने नेप्सेमा १७ अंकको गिरावट आएको थियो । यस्तै, यसअघिका तीन कारोबार दिन पनि नेप्से लगातार घटेको थियो ।

सोमबार नेप्सेमा कुल ७ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत शुक्रबार भने नेप्सेमा कुल ४ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये १५७ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।