सिटिजन्स बैंक इन्टरनेसनल १९ वर्ष पुरा गरि २० औं वर्षमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं। २०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा ग्राहकहरुमाझ उत्कृष्ट सेवा पुर्याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज वैशाख ७ गते १९ वर्ष पूरा गरि २० वर्षमा प्रवेश गरेको छ।

बैंकले अवसरमा आफ्नो १९ औं वार्षिकोत्सव मनाएको छ । यस १९ वर्षको अवधि पार गरिसक्दा बैंकले २० लाख ११ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा बैंकले कूल २ खर्व १६ अर्ब रूपैयाँ निक्षेप संकलन गरी १ खर्व ७७ अर्ब रूपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकले १९औं बार्षिकोत्सवको अवसरमा आज बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिव ९४६ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ ।

साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले ‘रक्तदान नै जिवनदान’ भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भए पनि पुरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटीसंगको सहकार्यमा सातवटै प्रदेशका कूल २० शाखाहरुबाट ५५० जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

साथै यसै अवसरमा कोशी प्रदेश अन्तर्गत दिक्तेल शाखा, बागमती प्रदेश अन्तर्गत तेमाल शाखा र लाम्बगर शाखा, लुम्बिनी प्रदेश अन्तर्गत बेलाटारी शाखा र साउ फर्साटीकर शाखा, गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखा र बेनी शाखा, कर्णाली प्रदेश अन्तर्गत जुफाल शाखा र सुदूरपश्चिम प्रदेश अन्तर्गत अमरगढी शाखाले निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेका छन् । शिविरमा करीब ५०० जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशुल्क प्राप्त गरेका छन ।

सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई अझ सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ मोबाइल बैंकिङ सेवा डीजी बैंकिङ मार्फत केवाईसी विवरणहरू अनलाइनबाट पुनः अद्यावधिक गर्ने सुविधा सुरु गरेको छ, जसमार्फत अब ग्राहकहरूले बैंक शाखामा उपस्थित नभई आफ्नै मोबाइल बैंकिङ प्रयोग गरी सजिलै केवाईसी विवरण अद्यावधिक गर्न सक्नेछन्।

साथै बैंकले नेपालमै पहिलो पटक व्यावसायिक बैंकिङका लागि र्यापीड एपीआई आधारित बैंकिङ प्रणालीको सुरुवात गर्दै ग्राहकहरूको ईआरपी प्रणालीलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जोड्ने व्यवस्था गरेको छ, जसले वास्तविक समयमा ब्यालेन्स जाँच तथा स्टेटमेन्ट हेर्न सकिने सुविधा प्रदान गर्दछ।

यसका अतिरिक्त, फोनपे पेमेन्ट सर्भिस सँगको सहकार्यमा माइक्रो एसएमई, मिड एसएमई तथा कर्पोरेट ग्राहक लक्षितू “फोनपे कर्पोरेट शोलुसन” सेवा पनि सञ्चालनमा ल्याइएको छ, जसमार्फत मोबाइल, कम्प्युटर वा एपीआई आधारित प्रणाली प्रयोग गरी भुक्तानी तथा निक्षेपसम्बन्धी सम्पूर्ण कारोबार बैंक शाखामा भौतिक उपस्थितिविना नै गर्न सकिनेछ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ११ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।