आज मिति २०८३ वैशाख ८ मंगलवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८३ वैशाख ८ गते (२१ अप्रिल २०२६) मंगलवार, वैशाख शुक्लपक्ष चतुर्थी तिथि, ८:४४ बजेपछि पञ्चमी। राेहिणी नक्षत्र, ८:२७ बजेपछि मृगशिरा (क्षय)। चन्द्रराशि वृष, १७:३६ बजेपछि मिथुन।

मेष:

ईष्र्या गर्नेहरुले सताए पनि मिहिनेत गर्दा सफलता मिल्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले साथ दिनेछन् । रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

वृषः

खानपानको सोखले स्वास्थ्य प्रतिकुल बन्न सक्नेछ । धोका हुन सक्नेछ, सजग रहनुपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुन सक्नेछ । आत्मबल बढाएर काम गरेमा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मिथुनः

रोकिएर वसेका काम वन्दै जानेछन् । मध्यान्नवाट कार्य क्षेत्रमा प्रगति हुनेछ । प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ ।
घरमा अतिथिको आगमन हुनेछ । सकेसम्म समयानुकूल रहन खोज्नु राम्रो पक्ष हुनेछ ।

कर्कटः

महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला । नेत्ररोग तथा शत्रुभय बढ्नाले चित्त अशान्त रहन सक्नेछ । साझेदारसँग विवादका योग छन्, सावधान रहनुहोला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

सिंहः

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । प्रतिस्पर्धी विद्यार्थीहरुलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ ।

कन्याः

आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । धार्मिक एवं सामाजिक कार्यमा मन जानेछ । काममा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । दिउँसोदेखि व्यवसायमा मनग्य फाइदा हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुन सक्नेछ ।

तुलाः

अरुका लागि बुद्धि र समय खर्चनु पर्ने समय छ । व्यापार व्यावसायमा सामान्य लाभ हुनेछ । दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ । आज आत्तिएर कुनैपनि नयाँ निर्णय नलिनु राम्रो पक्ष हुनेछ ।

बृश्चिकः

दिनको उत्तरार्धमा अकस्मात धन हानिको सम्भावना छ । वन्न लागेको काम रोकिएला । अरुको भरपरेर गरिरहेको कार्य नछोड्नुहोला । सादा भोजन उच्च विचारको साथ अगाडि बढ्नु राम्रो पक्ष हुनेछ ।

धनुः

इच्छा र आकांक्षा पूर्ण हुनेछ । प्रर्तिस्पर्धीहरु पछि पर्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो होला । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।

मकरः

विद्या बुद्धिको विकास हुनेछ । रोकिएका काम बन्दै जानेछन् । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

कुम्भः

आज समय सामान्य छ । कार्य सम्पादनमा कठिनाई हुनेछ । जीवन साथीलाई केहि पिडा हुने देखिन्छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुने देखिंदैन । राजनैतिक कार्यमा समेत बाधा आउला ।

मीनः

नोकरी तथा पेशामा उच्च अधिकारीहरूबाट सम्मान मिल्नेछ । मध्यान्नबाट वन्न लागेको काम अकस्मात रोकिएला । धनमाल हराउने योग भएकाले सजग रहनुहोला । परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ । बेलुकी पख खटपटको सम्भावना छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।