काठमाडौँ। डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएलअन्तर्गत जारी सिजनमा चौथो जित दर्ता गरेको छ । टोलीले गए राति लखनऊ सुपर जाइन्टस्लाई पाँच विकेटले पराजित गर्यो ।
बेंगलुरुले घरेलु मैदानमा १४७ रनको लक्ष्य १५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । लखनऊ भने २० ओभरमा १४६ रनमै अलआउट भयो ।
खेलमा कुनै पनि खेलाडीले अर्धशतक बनाउन सकेनन् । विराट कोहलीले सर्वाधिक ४९ रन बनाए तर उनी १ रनले अर्धशतकबाट चुके । रजत पाटिदारले २७ तथा जितेश शर्माले २३ रन जोडे ।
यसअघि टस जितेर पहिले बलिङ गरेको बेंगलुरुका लागिरखिम सलामले चार विकेट लिए । भुवनेश्वर कुमारले ३ तथा तथा क्रुनाल पाण्ड्याले दुई विकेट लिए। लखनऊका लागि मिचेल मार्सले ४० रन बनाए ।
यस जितसँगै बेंगलुरु आठ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । लखनऊ भने तेस्रो हारपछि साताैँ स्थानमा झरेको छ ।

Comment