हिमालयन लाइफका नवनियुक्त अध्यक्ष नारायण बजाजले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सीए नारायण बजाजले पद तथा गोपनीयताको शपथ गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले कुपण्डोलमा आज आयोजित एक कार्यक्रमबीच अध्यक्ष पौडेलले बजाजलाई पदको शपथ गराएकी हुन् ।

उक्त अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीको समेत उपस्थिति रहेको थियो।

यसअघि, प्राधिकरणका अध्यक्ष पौडेलले गत चैत ३० गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष उदय कुमार निरौलालाई पनि पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।