काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह विरुद्ध अमर्यादित र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ।
युट्युव च्यानलमा प्रधानमन्त्री शाहलाई गाली गरेर भिडिओ बनाएको भन्दै रोशन पोखरेल पक्राउ परेका हुन्। फाल्गुनन्द गाँउपालिका-७ घर भई सदरमुकाम फिदिम बस्दै आएका रोशनले नेता र उनीहरूको कामलाई लिएर टिप्पणी गरेर भिडिओ बनाउँदै आएका छन्।
फाल्गुनन्द गाँउपालिका-७ घर भई सदरमुकाम फिदिम बस्दै आएका रोशनले नेता र उनीहरूको कामलाई लिएर टिप्पणी गरेर भिडिओ बनाउँदै आएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अधिकारीले रोशनलाई पक्राउन गरेर अनुसन्धान गरिरहेको बताएको छ। पोखरेलले शाह प्रधानमन्त्री हुनुअघि आफ्नो च्यानलमा पोष्ट गरेको भिडिओमा बालेन शाहलाई ‘भगवान्’ नभएको भन्दै आलोचना गरेका छन्।
उनले पुराना नेता सबै चोर हो भनेर पनि प्रधानन्त्री बन्न रवि लामिछानेको पछि लागेको टिप्पणी गरेका छन्।

Comment