वडा कार्यालयको शिलालेखमा नाम छुटेपछि यसरी मुक्का बजारिन् घोडाघोडीकी उपप्रमुखले (भिडियो खबर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली। कैलालीमा वडा कार्यालयको शिलालेखमा नाम नराखेको भन्दै मेयर र उपमेयरबीच विवाद भएको छ।

घोडाघोडी नगरपालिकाका उपमेयर प्रेमकुमारी थापाले वडा कार्यालयको भवनमा बनाइएको शिलालेखमा आफ्नो नाम नराखेको भन्दै विरोध जनाएकी हुन्।

शनिबार बिहान घटस्थापनाको अवसर पारी वडा नम्बर ५, ७ र १२ का कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रम थियो।

मेयर ममताप्रसाद चौधरीले वडा नम्बर ७ को भवन उद्घाटन गरेलगत्तै उपमेयर थापाले शिलालेखमा आफ्नो नाम छुटाएको भन्दै आपत्ति जनाएकी थिइन्।

उपमेयर थापाले शिलालेखमा ढुंगा र मुड्कीले प्रहार गरेकी थिइन्।

उपमेयर थापाले शिलालेखमा कसको नाम राख्ने भन्ने विषयमा यसअघि आफूलाई जानकारी नदिएकोले विरोध गरेको बताइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।