टेलिकमले थ्रिजी सेवा बन्द गर्दै, ग्राहकलाई निःशुल्क फोरजीमा जान आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्नो थ्रिजी सेवालाई क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ। प्रविधिमा आएको परिवर्तन र उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले टेलिकमले थ्रिजी सेवा हटाएर फोरजीलाई व्यापक बनाउन लागेको हो।

कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै निकट भविष्यमा थ्रिजी सेवा क्रमिक रूपमा बन्द गर्दै लैजाने र थ्रिजी सिम प्रयोगकर्ताहरूलाई फोरजीमा रूपान्तरण हुन आग्रह गरेको छ। यसका लागि टेलिकमले सम्बन्धित ग्राहकहरूलाई भ्वाइस कल र एसएमएसमार्फत जानकारी गराउन समेत सुरु गरिसकेको छ।

टेलिकमका अनुसार हाल थ्रिजी सिम प्रयोग गरिरहेका ग्राहकहरूले आफ्नो पुरानो सिमलाई निःशुल्क फोरजी सिममा रूपान्तरण गर्न सक्नेछन्। यसका लागि ग्राहकले आफ्नो पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

सिम परिवर्तन गर्न जाँदा ग्राहकले आफ्नो पहिचान खुल्ने आधिकारिक परिचयपत्र (नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्र) लिएर नजिकैकै टेलिकमको कार्यालयमा जानुपर्ने हुन्छ ।

थ्रिजीको तुलनामा फोरजी प्रविधि निकै आधुनिक र द्रुत गतिको हुने भएकाले यसबाट मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तरमा उल्लेख्य सुधार आउने टेलिकमको विश्वास छ। साथै, फोरजीमा जाँदा ग्राहकले उच्च गुणस्तरको भोल्टी सेवा समेत सहजै सक्रिय गर्न सक्नेछन्।

आफ्नो मोबाइल सिम फोरजी प्रविधिको हो वा होइन भन्ने थाहा पाउनका लागि ग्राहकले ४४४# डायल गर्न सक्नेछन्। सोही कोडमार्फत फोरजी सेवा सक्रिय गर्न र भोल्टी सेवा सुचारु गर्न सकिने जानकारी टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले दिएका छन । ग्राहकलाई ढिलो नगरी आफ्नो सिम अपग्रेड गरी आधुनिक डिजिटल सेवाको फाइदा लिन पनि टेलिकमले अनुरोध गरेको छ।काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्नो थ्रिजी सेवालाई क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ। प्रविधिमा आएको परिवर्तन र उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले टेलिकमले थ्रिजी सेवा हटाएर फोरजीलाई व्यापक बनाउन लागेको हो।

कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै निकट भविष्यमा थ्रिजी सेवा क्रमिक रूपमा बन्द गर्दै लैजाने र थ्रिजी सिम प्रयोगकर्ताहरूलाई फोरजीमा रूपान्तरण हुन आग्रह गरेको छ। यसका लागि टेलिकमले सम्बन्धित ग्राहकहरूलाई भ्वाइस कल र एसएमएसमार्फत जानकारी गराउन समेत सुरु गरिसकेको छ।

टेलिकमका अनुसार हाल थ्रिजी सिम प्रयोग गरिरहेका ग्राहकहरूले आफ्नो पुरानो सिमलाई निःशुल्क फोरजी सिममा रूपान्तरण गर्न सक्नेछन्। यसका लागि ग्राहकले आफ्नो पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

सिम परिवर्तन गर्न जाँदा ग्राहकले आफ्नो पहिचान खुल्ने आधिकारिक परिचयपत्र (नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्र) लिएर नजिकैकै टेलिकमको कार्यालयमा जानुपर्ने हुन्छ ।

थ्रिजीको तुलनामा फोरजी प्रविधि निकै आधुनिक र द्रुत गतिको हुने भएकाले यसबाट मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तरमा उल्लेख्य सुधार आउने टेलिकमको विश्वास छ। साथै, फोरजीमा जाँदा ग्राहकले उच्च गुणस्तरको भोल्टी सेवा समेत सहजै सक्रिय गर्न सक्नेछन्।

आफ्नो मोबाइल सिम फोरजी प्रविधिको हो वा होइन भन्ने थाहा पाउनका लागि ग्राहकले ४४४# डायल गर्न सक्नेछन्। सोही कोडमार्फत फोरजी सेवा सक्रिय गर्न र भोल्टी सेवा सुचारु गर्न सकिने जानकारी टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले दिएका छन । ग्राहकलाई ढिलो नगरी आफ्नो सिम अपग्रेड गरी आधुनिक डिजिटल सेवाको फाइदा लिन पनि टेलिकमले अनुरोध गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।