एकै दिन २५ सयले घट्यो सुन, चाँदी सस्तियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार ५०० रुपैयाँले घटेको हो।

महासंघले दिएको जानकारी अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाला सुन प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आइतबार प्रतितोला चार हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँले घटेर चार हजार ७०० रुपैयाँ कायम भएको महासंघले बताए।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य समायोजन भएको व्यवसायीहरू बताउँछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।