यमाहा नेपालको हाइब्रिड स्कुटर अभियान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। यमाहा नेपालले ‘अब म ७१.३३ किमी/लिटर’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ। बढ्दो इन्धन मूल्यको सन्दर्भमा हाइब्रिड प्रविधिको सफल प्रयोगलाई उजागर गर्दै कम्पनीले उक्त अभियान ल्याएको जनाएको छ।

नेपालकै एकमात्र हाइब्रिड इन्जिनयुक्त स्कुटरका रूपमा रहेको यमाहा रे जेडआर १२५ एफआई हाइब्रिड उच्च माइलेजका कारण प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार साधारण १२५ सीसी स्कुटरले औसत ४०–४५ किमी/लिटर माइलेज दिने भए पनि रे जेडआर हाइब्रिडले ७१.३३ किमीरलिटर माइलेज प्रदान गर्छ, जसले करिब ४० प्रतिशतसम्म इन्धन बचत गर्न मद्दत गर्दछ।

यमाहा नेपालले दैनिक प्रयोगकर्तालाई आर्थिक रूपमा सहजता प्रदान गर्ने लक्ष्यसहित यो अभियान सञ्चालन गरिएको जनाएको छ। साथै, दीर्घकालीन प्रयोगमा इन्धन खर्चमा उल्लेखनीय बचत हुने कम्पनीको विश्वास छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।