अर्न्तराष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ सम्बन्धि एड्भान्स ट्रेनिङ तथा टिओटी कार्यक्रम मेडिसिटीमा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपालमै पहिलो पटक आयोजना गरिएको एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ अफ ट्रेनर्स (टिओटी) कार्यक्रम नेपाल मेडिसिटीमा सम्पन्न भएको छ । पाँच दिनसम्म सञ्चालन भएको उक्त तालिम ‘रिट्रिभल मेडिसिन’मा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

रिटिभल मेडिसिन भनेको गम्भीर अवस्थामा रहेका बिरामीलाई एक स्थानबाट अर्को स्थान जस्तै दुर्घटनास्थलबाट अस्पताल वा सानो अस्पतालबाट ठूलो विशेषज्ञ अस्पतालमा सुरक्षित रूपमा स्थानान्तरण गर्दै जाँदा आवश्यक पर्ने उन्नत आपतकालीन चिकित्सा सेवा प्रदान गर्ने चिकित्सा शाखा हो । यसमा विशेषगरी प्रि(हस्पिटल केयर, एम्बुलेन्स सेवा, हेलिकप्टर रेस्क्यु तथा ट्रान्सफरका क्रममा बिरामीको जीवन रक्षा गर्ने सीपहरू समावेश हुन्छन् ।

यस तालिममार्फत चिकित्सक, नर्स तथा प्यारामेडिक्सलाई आपतकालीन चिकित्सा सेवा तथा प्रि(हस्पिटल केयर विशेषगरी हेलिकप्टर रेस्क्यु सम्बन्धी दक्ष बनाउने प्रयास गरिएको छ । साथै, यस तालिमले सहभागीहरूलाई भविष्यमा अन्य स्वास्थ्यकर्मीलाई तालिम दिन सक्ने प्रशिक्षकका रूपमा तयार पार्ने प्रयास गरिएको छ ।

नेपाल मेडिसिटीका इमर्जेन्सी तथा हाई अल्टिट्युड सर्भिस चिफ डा. सञ्जय कार्कीकाले तालिमका क्रममा सहभागीहरूलाई आपतकालीन अवस्थामा बिरामीको सुरक्षित स्थानान्तरण, दबाबपूर्ण परिस्थितिमा क्षमता तथा प्रि–हस्पिटल सेवामा आवश्यक सीपहरू प्रदान गरिएको जानकारी दिए । उनका अनुसार, यस तालिमले सहभागीहरूलाई रिट्रिभल मेडिसिन सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको अध्ययनका लागि तयार पारिएको र भविष्यमा ग्लास्गोबाट उक्त विषयमा डिग्री हासिल गर्न सक्षम बनाउनेछ ।

रोयल कलेज अफ सर्जनस् अफ एडिनवर्गले डिप्लोमा इन रिट्राभल एण्ड ट्रान्सफर मेडिसिनको चिकित्सा प्रदान गर्ने गर्दछ । “यो तालिमले नेपालका चिकित्सकहरुलाई यो परीक्षामा सामेल हुन सहज बनाउँनेछ,” डा. कार्कीले भने, “हाम्रो उद्धेश्य भनेकै नेपालमा यस्तो डिग्री भएका स्वास्थकर्मीबाट विरामीलाई सेवा प्रदान गर्नु हो ।”

उनले तालिममा मोक टेस्टको माध्यमबाट सहभागीहरूलाई अन्तर्राष्ट्रिय परीक्षाको ढाँचा, मूल्याङ्कन प्रक्रिया तथा व्यावहारिक परीक्षणका बारेमा समेत जानकारी गराइएको र जसले गर्दा उनीहरूलाई रिटिभल मेडिसिन सम्बन्धि परीक्षाका लागि तयारी गर्न सहयोग गर्ने समेत बताएका छन् ।

कार्यक्रममा सहभागीहरूमध्ये करिब ९० प्रतिशत चिकित्सक रहेका थिए भने बाँकी नर्स तथा प्यारामेडिक्स रहेका थिए । ग्रान्डि, नर्मिक, ह्याम्स, नेपाल मेडिसिटी र नारायणी बयोद्या अस्पतालका चिकित्सकहरूसहित पोखरा, लुम्बिनी र वीरगञ्जबाट पनि स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

नेपाल मेडिसिटीले यस प्रकारका तालिममार्फत नेपालमा प्रि(हस्पिटल आपतकालीन सेवाको स्तर उकास्ने दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउँदै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।