२४ भदौको घटनाको छानबिन गर्न सरकारले छुट्टै समिति गठन गर्ने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। सरकारले २४ भदौमा भएको घटनाको छानबिनका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेको छ। शुक्रबारको मन्त्रिपरिषदको बैठकले उच्चस्तरीय छानबिन समिति एक साताभित्र गठन गर्ने निर्णय गरेको हो । उक्त समितिलाई घटनासम्बन्धि सम्पूर्ण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।

सरकारले २३ भदौको घटनामा मात्र केन्द्रीत भएको र २४ भदौका दोषीलाई उन्मुक्ति दिएको टिप्पणी हुन थालेपछि सरकारले त्यससम्बन्धि छुट्टै आयोग गठन गर्न लागेको हो।

२४ भदौमा आन्दोलनको आवरणमा सरकारी र निजी सम्पत्तिमा आगजनी तथा लुटपाट भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।