लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन: विनोद र पूर्णलक्ष्मी च्याम्पियन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी। लुम्बिनीमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय पिस म्याराथनमा त्रिभुवन आर्मी क्लबका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपाने च्याम्पियन बनेका छन्। पुरुष ४२.१९५ किमि म्याराथनमा विनोदले २ घन्टा १७ मिनेट ५५ सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जिते भने महिला हाफ म्याराथन (२१ किमि) मा पूर्णलक्ष्मीले १ घन्टा १७ मिनेट १० सेकेन्डमा विजयी भइन्।

महिलातर्फ सन्तोषी श्रेष्ठ दोस्रो र निशा शर्की तेस्रो भइन्। पुरुषतर्फ सुशीलकुमार शाही दोस्रो तथा नरेन्द्रसिंह राउत तेस्रो स्थानमा रहे। प्रतियोगितामा आर्मी क्लबका खेलाडीहरूले वर्चस्व जमाए।

नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो। विजेताहरूले नगद पुरस्कारसमेत प्राप्त गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।