काठमाडौँ । पोखराको डिज्नील्यान्ड लेकसाइडमा ‘१८ डी’ सिनेमा सञ्चालनमा आएको छ।
अभिनेता राजेश हमालले ‘१८ डी’ सिनेमाको उद्घाटन गरेका छन्। यसको उद्घाटन गर्दै हमालले पोखराले अब फरक किसिमको सिनेमाटिक अनुभव पाउने बताए।
उद्घाटनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै हमालले भने, ‘अब यो सिनेमा केवल मनोरञ्जन मात्र नभई नयाँ संसारको अनुभव हो।’
फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाले काठमाडौँमा सफल सञ्चालनपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदै पोखरामा सेवा विस्तार गरिएको बताए। काठमाडौँको भन्दा पोखराको प्रविधि अझ उन्नत रहेको उनको भनाइ छ।
दर्शकले यस ‘१८ डी’ सिनेमामा १० देखि ३० मिनेटसम्मका १७ वटा फरक कथात्मक संसारमा प्रवेश गर्ने अवसर पाउनेछन्। यसमा कुनै चश्मा वा हेडसेटको आवश्यकता पर्दैन। यो सबै उमेर समूहका दर्शकलाई सहज रहेको जनाइएको छ।
कम्पनीका निर्देशक हिमाल थापाले पोखरामा यस प्रकारको सिनेमा सञ्चालनले साहसिक अनुभवलाई नयाँ उचाइ दिने बताए।

Comment