काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले संसदमा आफ्नो पहिलो प्राथमिकता भ्रष्टाचार अन्त्य गर्नु रहेको स्पष्ट पारेकी छन्।
रास्वपाले आजदेखि सुरु गरेको सांसद प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले मुलुकमा सुशासन कायम गर्नु र भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताइन्।
तामाङले भनिन्, “हामी जनताको चाहनाअनुसार नै काम गर्ने हो। त्यसकारण संसद्मा हाम्रो पहिलो प्राथमिकता भनेको भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्नु हो।”
उनका अनुसार, संसद्को भूमिका केवल नीति बनाउने मात्र नभई जनताको विश्वास कायम राख्ने र पारदर्शी शासनको सुनिश्चितता गर्ने पक्षमा पनि केन्द्रित हुनेछ। उनले सांसदको प्रशिक्षण कार्यक्रमले जनहितलाई प्राथमिकता दिने र कार्यकुशल संसद् निर्माणमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरिन्।

Comment