रास्वपाले दिने दुईदिने तालिममा सांसदहरूलाई मोबाइल फोन निषेध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।

आगामी चैत ३ र ४ गते ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा हुने उक्त कार्यक्रममा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट निर्वाचित सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार कार्यक्रम पूर्ण रूपमा आवासीय हुनेछ। कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास र पार्टीको नीतिबारे प्रशिक्षित गरिनेछ।

कार्यक्रमलाई प्रभावकारी बनाउन रास्वपाले हलभित्र मोबाइल फोन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। त्यसैगरी, कार्यक्रम अवधिभर सांसदहरूले परिवारका सदस्य, साथीभाइ वा अन्य कुनै पनि पाहुनालाई होटलमा भेट्न पाउने छैनन्।

सांसदहरूका लागि पार्टीले नै खाना र आवासको व्यवस्था गर्ने भए पनि उनीहरूसँग आउने सवारी चालक वा सहयोगीहरूको व्यवस्थापन भने सांसद स्वयंले नै गर्नुपर्नेछ। चालकहरूको भोजन र आवासको व्यवस्था अन्य होटल वा स्थानमा गर्न पार्टीले आग्रह गरेको छ।

अभिमुखीकरणका लागि सांसदहरूलाई बिजनेस क्याजुअल पोसाक तोकिएको छ। कार्यक्रम चैत ३ गते बिहान १० बजेदेखि सुरु हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।