एनआरएनएको अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति जुटेको छ । काठमाडौंमा जारी महाधिवेशनबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष शर्मालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने सहमति भएको एक पदाधिकारीले जानकारी दिए ।

अध्यक्ष पदका प्रत्यासी रविन बज्राचार्यले पत्रकार सम्मेलन गरेर शर्मालाई समर्थन गरेका हुन् । एकताको महाधिवेशन भएकोले निर्वाचनमा जाँदा संघलाई आर्थिक भार पर्ने भएकोले अध्यक्षमा शर्मालाई समर्थन गरेको उनकाे भनाइ छ ।

यसअघि उम्मेदवारी फिर्ता लिएका रविन शेरचनलाई पनि उपाध्यक्ष पद दिइने सहमति भएको छ । एनआरएनएको १२ औं महाधिवेशन फागुन ३० मा काठमाडौंमा सुरु भएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।