काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
९६ वर्षको उमेरमा शुक्रबार बिहान अस्पतालमा उपचारको क्रममा मोहनप्रसादको निधन भएको थियो। मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए।
अन्त्येष्टिमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु पशुपति आर्यघाट पुगेका थिए।

Comment