कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। कोरोनाभाइरसको संक्रमण थप बढ्न नदिन सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बैठकले कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेकोले जोखिमको अवस्था कायमै रहेकोले अन्तराष्ट्रिय सीमा नाका थप एक महिना बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि नेपालसँग सीमा जोडिएका अन्तराष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको थियो । तर अब भने यसै निर्णयलाई निरन्तरता दिदै थप एक महिना बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

त्यस्तै आजको बैठकले कोरोनाको संक्रमण बढ्दै गइरहेकोले सबैले दशैं तिहार जस्ता चाडपर्व यथास्थानमा मनाउन सबैलाई अपिल गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।