सुनको मूल्यमा वृद्धि, घट्यो चाँदी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकिएको थियो।

सुनको मूल्य उकालो लागे पनि चाँदीको मूल्यमा भने गिरावट आएको छ।

बुधबार चाँदी प्रतितोला २०० रुपैयाँ घटेर ५ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार चाँदी ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।