दुर्गा प्रसाईंद्वारा फागुन १६ भित्र काठमाडौंमा उपस्थित हुन सर्वसाधारणलाई अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं ले फागुन १६ भित्र काठमाडौंमा उपस्थित हुन देशभरका सर्वसाधारणलाई आह्वान गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रसाईंले राजपरिवारका सदस्यहरू स्वयं सडकमा उत्रने तयारीमा रहेको हल्ला फैलाउँदै नागरिकलाई एकजुट भएर उपस्थित हुन अनुरोध गरेका छन्। उनले राष्ट्र, धर्म र नागरिकको सुरक्षालाई साझा जिम्मेवारी भएको उल्लेख गर्दै सबैलाई तन, मन र बचनले समर्थन गर्न आह्वान गरेका छन्।

प्रसाईंले भनेका छन्, ‘राजपरिवारका सदस्यहरु स्वयं अब राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहनु भएको जानकारी गराउँदै, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही फागुन १६ गतेभित्र काठमाडौंमा उपस्थित भइ राष्ट्रलाई युक्रेन हुनबाट जोगाउन हार्दिक आह्वान गर्दछौं।’

विशेषज्ञहरूले यस प्रकारका आह्वानले संवेदनशील राजनीतिक तथा सामाजिक परिस्थितिमा विवाद उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।