स्वास्थ्य उपचारका लागि भन्दै सिंगापुर उडे देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । स्वास्थ्य उपचारका लागि भन्दै देउवा सिंगापुर प्रस्थान गरेका हुन् ।

सिंगापुर एयरलाइन्सको उडानबाट देउवा बुधबार नै त्यसतर्फ उडेको त्रिभुवन विमानस्थल स्रोतले बतायो । देउवासँग अरु केही व्यक्ति पनि सिंगापुर गएका छन् । पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएपछि देउवा निष्क्रिय भएर बसेका थिए ।

जेनजी आन्दोलनमा उनीमाथि कुटपिट भएको थियो । त्यसपछि उनले सिंगापुरमै उपचार गराएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।