करेन्ट लगाएर माछा मार्ने ९ जनालाई जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ। बन्दीपुर गाउँपालिका-४ सानो डुम्रेस्थित चुँदीखोलामा करेन्ट लगाई माछा मार्ने ९ जनालाई जरिवाना गराइएको छ।

अवैधरूपमा खोलामा करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरूलाई जनही पाँच हजार रूपैयाँका दरले जरिवाना गराइएको प्रहरीले जनाएको छ।

प्रहरीले करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा भानु नगरपालिका-१, कल्याणटार बस्ने विशाल परियार, सन्तोष परियार, श्रवण तामाङ, प्रदिप तिरुवा, श्याम भुजेल, राज कुमाल, प्रदिप कुमाल, विनोद परियार र सम्राट तामाङलाई पक्राउ गरेको थियो।

प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार उनीहरूलाई जलचर ऐन २०१७ बमोजिम जिल्ला प्रशासन कार्यालयबाट आइतबार जरिवाना गराइएको छ। -रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।