“मधेस आन्दोलन हुँदा बालेन कहाँ थिए?” — उपेन्द्र यादवको कडा प्रश्न, ‘घण्टी’ हल्लाउँदैमा मधेस नहल्लिने दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा । उपेन्द्र यादव ले बालेन शाह प्रति कडा टिप्पणी गर्दै मधेस आन्दोलनको सन्दर्भमा उनको भूमिकामाथि प्रश्न उठाएका छन्।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष यादवले रुपन्देहीको भैरहवामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै रास्वपाका वरिष्ठ नेता बालेन शाहको राजनीतिक अस्तित्व र वैचारिक धरातलमाथि गम्भीर प्रश्न उठाएका हुन्।

उनले मधेसी जनता आफ्नो पहिचान र अधिकारका लागि आन्दोलनरत रहँदा बालेन कहाँ थिए भन्ने प्रश्न गरे। “मधेस जलिरहँदा, जनता रगत बगाइरहँदा उहाँ कहाँ हुनुहुन्थ्यो?” भन्दै यादवले प्रतिप्रश्न गरे।

यादवले पछिल्लो समय सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहजस्ता पात्रहरूको चर्चा बढेको देखिए पनि जमिनमा उनीहरूको कुनै ठोस प्रभाव नरहेको दाबी गरे।

मधेसका जनताले आफ्नो अधिकारका लागि कसले संघर्ष गर्‍यो र कसले अवसरवादको राजनीति गर्‍यो भन्ने कुरा राम्ररी बुझेको उल्लेख गर्दै उनले ‘घण्टी’ हल्लाउँदैमा मधेस नहल्लिने टिप्पणी गरे।

उनको यो अभिव्यक्ति सार्वजनिक भएसँगै मधेस केन्द्रित राजनीति र नयाँ शक्तिबीचको वैचारिक टकराव फेरि सतहमा आएको छ। आगामी निर्वाचन नजिकिँदै गर्दा नेताहरूबीच आरोप–प्रत्यारोपको श्रृंखला तीव्र बन्दै गएको देखिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।