कर्णाली प्रदेशमा नेकपाकै सांसदद्वारा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

आइतबार नेकपाका १८ जना सांसदहरुले संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई उक्त प्रस्ताव बुझाएका हुन् । उनीहरुले प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका हुन् ।

शाही पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका थिए। गठबन्धन गरेका तत्कालीन एमाले र माओवादीले बहुमत आएका ६ मध्ये ४ मा पूर्वएमाले र २ मा पूर्वमाओवादीलाई मुख्यमन्त्री बाँडेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।