दुप्चेश्वरमा कांग्रेस र एमालेका ५० भन्दा बढी कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका केही समर्थकहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। बुधबार आयोजित विशेष कार्यक्रममा दुवै पार्टी परित्याग गरी ५० जना भन्दा बढी सक्रिय नेता तथा कार्यकर्ताहरूले कम्युनिष्ट पार्टी रोजेका हुन्।

नवप्रवेशीहरूलाई पार्टीका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार हितबहादुर तामाङले खादा र अबिर लगाएर स्वागत गरेका थिए। स्वागत मन्तव्यमा उनले विकास र समृद्धिको नेतृत्व कम्युनिष्ट शक्तिले मात्र गर्न सक्ने दाबी गर्दै नयाँ सदस्यहरूलाई पार्टीभित्र उचित जिम्मेवारी र सम्मान प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।

दुप्चेश्वरका विभिन्न टोल र बस्तीबाट पार्टी प्रवेश गर्नेहरूमा रोश बहादुर तामाङ, सानु कान्छा तामाङ, होम बहादुर तामाङ, चैनामा तामाङ, भीम बहादुर तामाङ लगायतका नेता छन्। त्यसैगरी इनामा तामाङ, लाल माया तामाङ, काली तामाङ, मरफिले तामाङ, कान्छी तामाङ, काले तामाङ, मिने तामाङ, गोरे तामाङ, कृष्ण बहादुर, पूर्ण बहादुर र हरि बहादुर तामाङसहित ५० भन्दा बढी कार्यकर्ताले सामूहिक रूपमा पार्टी प्रवेश गरेका छन्।

पार्टी प्रवेश गर्ने कार्यकर्ताहरूले कांग्रेसको वर्तमान कार्यशैली र नीतिप्रति असन्तुष्टि जनाउँदै मुलुकको समृद्धिका लागि कम्युनिष्ट विचार नै उत्तम विकल्प भएको बताएका छन्। दुप्चेश्वरमा देखिएको यो राजनीतिक ध्रुवीकरणलाई आगामी निर्वाचनको तयारीसँग जोडेर कम्युनिष्ट पार्टीको बढ्दो प्रभावका रूपमा हेरिएको छ। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिती पनि रहेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।