नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से २०.७५ अंकले घटेर २६४२.१५ अंकमा झरेको हो ।

मंगलबार कारोबारमा आएका ३५४ कम्पनीका २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयरहरु ८३ हजार ७५ पटक किनबेच हुँदा ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्से ८.१६ अंकले घटेर २६६२.९१ अंकमा पुग्दा कारोबार रकम ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँमा झरेको थियो ।

मंगलबार बैंक समूह ६.१७ अंकले घटेको बजारमा विकास बैंक समूह ६७.३५ अंकले, फाइन्यान्स समूह ५२.३४ अंकले, होटल तथा पर्यटन समूह ८६.७५ अंकले, हाइड्रोपावर कम्पनी ५८.१४ अंकले र लगानी समूह ०.५० अंकले घटेको छ ।

त्यसैगरी, जीवनबिमा समूह १०३.७१ अंकले, उत्पादन तथा प्रशोधन समूह ६७.२६ अंकले, माइक्रोफइनान्स समूह २४.४४ अंकले, निर्जीवन बीमा समूह ८२.२२ अंकले र अन्य समूह १३.४७ अंकले घटेको हो ।

यता, म्यूचुअल फण्ड ०.१२ अंकले र व्यापार समूह ८.३७ अंकले बढेको छ ।

साल्पा विकास बैंक, रिलायन्स् स्पिनिङ मिल्स् तथा वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने सुपर माई हाइड्रोपावर लिमिटेड, सिटिजन सन्तुलित योजना तथा सुपर साङ्गे हाइड्रोपावर लिमिटेडका सेयरधनी रहेका छन् ।

सोमबार सेयर बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट आएको छ । सोमबार ४४ खर्ब ७१ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण मंगलबार ४४ खर्ब ४४ अर्ब रुपैयाँमा घटेको छ । बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा २७ अर्ब रुपैयाँले घटेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।