आईपीओको तयारीमा निगालो बुटिक होटल : चैतदेखि सञ्चालनमा, कुल लगानी कति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। निगालो होटल लिमिटेडले साधारण सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।

होटलले आगामी चैतबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । नगरकोटामा निर्माण भइरहेको कम्पनीले १५ वटा कोठाको सुविधाका साथ आगामी चैतबाट सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

सन् २०१८ मा स्थापना भएको कम्पनी सन् २०२६ को जनवरीमा पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो । कम्पनीले ८० हजार स्क्वारफिट क्षेत्रफलमा चार तारे होटल निर्माण गरिरहेको छ । कम्पनीले नगरकोटमा ६८ वटा कोठाको सुविधाका साथ होटल निर्माण गर्ने भएको हो ।

सुधिर खनालको ३० प्रतिशत स्वामित्व रहेको होटल १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लागतमा बनेको कम्पनीले जनाएको छ ।

कम्पनीले होटल निर्माणका लागि ६५स्३५ लगानी अनुपात राखेको छ । हालसम्ममा होटलको निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको छ । कम्पनीकाअनुसार होटलको केही कार्य निर्माण कार्य सम्पन्न भएकाले पहिलो चरणमा १५ वटा कोठाको सुविधाका साथ सञ्चालनमा ल्याउने भएको हो ।

टिकाराज बराल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९० करोड १० लाख रुपैयाँ रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८८ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।