दुर्गा प्रसाईं फेरि पक्राउ परे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार फेरि पक्राउ परेका छन्।

प्रहरीले प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।

उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँका राखिएको प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए।

प्रसाईं एक साताअघि मात्रै रिहा भएका थिए। यसअघि उनलाई माघ २३ मा काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलबाट पक्राउ गरिएको थियो।

वीरगञ्जमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाँदा पक्राउ परेका थिए। दुई दिन प्रहरी हिरासतमा बसेका उनी माघ २५ मा हाजिरी जमानीमा छुटेका थिए।

त्यतिवेला प्रसाईंले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले पत्राचार गरेपछि प्रहरीले पक्राउ गरेको थियो। अहिले पनि निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाई यसअघि पनि पटक पटक पक्राउ पर्दै र छुट्दै आएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।