हितबहादुरलाई झड्का, दुप्चेश्वर–१ का वडाध्यक्ष एमालेमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष सिताराम तामाङ नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेको एमाले नुवाकोटले जनाएको छ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित वडाध्यक्ष तामाङलाई नेकपा (एमाले) नुवाकोटका जिल्ला पार्टी अध्यक्ष तथा नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार बद्री मैनालीले पार्टीमा स्वागत गर्नुभएको हो।
जनप्रतिनिधि (वडाध्यक्ष) नै पार्टी प्रवेशसँगै दुप्चेश्वर क्षेत्रमा एमालेको संगठन अझ सुदृढ हुने विश्वास गरिएको छ।

अहिले वडाध्यक्ष सिताराम तामाङ र केही व्यक्तिहरु एमाले प्रवेश गरेका छन्, भने केही दिनपछि थप अन्य विभिन्न पार्टीबाट पनि एमाले पार्टी प्रवेश गर्ने कार्यक्रम राखिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।