आजको राशिफल
काठमाडौं । २२०८२ माघ २८ गते (११ फेब्रुअरी २०२६) बुधवार, फाल्गुण कृष्णपक्ष नवमी तिथि, ९ः५३ बजेपछि दशमी। अनुराधा नक्षत्र, ११ः०७ बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्चिक।
मेषःतन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्नेछ । कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुनेछ । आज अकर्मण्य र लक्ष्यहीन बन्नु हुँदैन । सञ्चित रकम खर्चनुपरे पनि पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ ।
वृषः
दाम्पत्य जीवनमा खुशियाली छाउनेछ । प्रेमिप्रमिका बिच सुमधुर सम्बन्ध रहला । शत्रुवर्ग पराजित हुनेछन् । नाम, प्रतिष्ठा एवं किर्ति बढ्ने समय छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
मिथुनः
शरीरमा खिन्नता र अस्वस्थता देखा पर्नेछ । तर पनि अचानक धन प्राप्ति हुने योग बनेको छ । कुनै लटरी वा चिठ्ठानै पनि पर्नसक्नेछ । आर्थिक क्रियाकलापका काममा सफल भईनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ ।
कर्कटः
अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्नेछ । खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्नेछन् । कार्यक्षेत्रमा कार्यको प्रशंसा हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ ।
सिंहः
घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । पारिवारिक जीवनमा देखिएको वैमनस्यता र दूरीले अझ तनाव बढाउनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहन सक्नेछ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन ।
कन्याः
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन् । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।
तुलाः
मनले चिताएका कामहरु अधुरै रहलान् । मानसिक तथा शारिरीक समस्या आउनेछ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । दीर्घकालिक योजना कार्यान्वयन गर्ने क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ ।
बृश्चिकः
कार्यक्षेत्रमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भईनेछ । प्रतिष्ठित शैक्षिक संस्थान या विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ । श्रमको उचित मूल्य पाइनेछ ।
धनुः
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्नेछ । खर्च लागे पनि दिगो काम फेला पर्नेछ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिने होकि भन्ने देखिन्छ ।
मकरः
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ ।
कुम्भः
आर्थिक रूपमा लाभदायक समय रहनेछ । उच्चपदस्थ व्यक्तित्वसँग भेटघाट हुन तथा योजना आदि तर्जुमा गर्न सकिनेछ । कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ । नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ ।
मीनः
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन् । घरमा पाहुनाको सत्कारमा रमाईने दिन रहेको छ । काम देखाएर फाइदा लिने समय छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Comment