काठमाडौं उपत्यकामा आज पनि थपिए २६७२ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा २१०० सहित उपत्यकामा थप २६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २६७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

उनका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा  २०३ र ललितपुरमा ३६९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, शनिबार नेपालमा थप ५००८  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍. गौतमले बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमितमध्ये ७४ हजार २५२ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म  ६१४  जनाको मृत्यु भएको छ। 

प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर १२२९ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।