कोरोना संक्रमित नेकपा सचेतक चौधरीलाई आइसीयूमा राखियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपाकी नेतृ शान्ता चौधरी यतिबेला कोरोना भाइरसको संक्रमणसँग जुधिरहेकी छन् ।

चारदिन अघि मात्र कोरोना पोजेटिभ भएको पुष्टि भएकी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई अहिले आईसीयुमा सारिएको छ ।

संक्रमणको चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि बीर अस्पतालको आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ ।

उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन् । उनलाई यस अघि दम भएको थियो । चौधरीमा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

शान्ता चौधरी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । उनले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् । क्यान्सर रोगको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन् ।

नेतृ चौधरीले सांसद भएपछि अध्ययनलाई अगाडी बढाएकी थिइन् । संघर्षशिल नेतृको रुपमा परिचित शान्ता चौधरी २५ वर्ष कमलरी हुँदै संविधानसभा सदस्य तथा सांसद बन्न सफल भएकी हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।