नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (वर्ल्ड फुड प्रोग्राम)लाई दिने भएको छ।

शुक्रबार ओस्लोमा आयोजित एक कार्यक्रमबीच स्विडिस एकेडमीले सन् २०२० का लागि नोबेल शान्ति पुरस्कार डब्लूएफपीलाई दिने घोषणा गरेको हो ।

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमलाई भोकलाई परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि गरेको पहलका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ । त्यसैगरी डब्लूएफपीले ‘भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रूपमा प्रयोग हुन नदिन’ पनि उल्लेख्य भूमिका खेलेको नोबेल कमिटीले बताएको छ ।

डब्लूएफपीले सन् २०१९ मा भोकसँग लडिरहेका ८८ देशका करिब १० करोड मानिसलाई सहायता उपलब्ध गराएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।