निर्देशक राउतको प्रस्टीकरण: ‘कुमारी’ को कथा ‘सैयारा’ भन्दा बिल्कुल फरक छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पोस्टर सार्वजनिक भएसँगै नेपाली फिल्म ‘कुमारी’ लाई बलिउडको चर्चित लभस्टोरी फिल्म ‘सैयारा’ सँग तुलना गर्न थालिएको छ। त्यसबेला हलमा प्रदर्शनरत ‘सैयारा’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको हुँदा दुवै फिल्मबीच तुलना स्वाभाविक रूपमा सुरु भएको हो।

दुवै लभस्टोरी जनरामा आधारित हुनु, साथै दुवैमा नयाँ कलाकारको प्रमुख भूमिका रहनु जस्ता समानताले ‘कुमारी’ लाई ‘सैयारा’ को नेपाली संस्करण भनेर चर्चा गरिन थालिएको थियो। गीत र ट्रेलर सार्वजनिक भएसँगै पनि यो तुलना निरन्तर रहँदै आएको छ।

यही विषयमा फिल्म रिलिज नजिकिँदै गर्दा निर्देशक दिनेश राउत ले स्पष्टिकरण दिएका छन्। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘कुमारी’ लाई ‘सैयारा’ सँग दाँज्नु सतही बुझाइ मात्र भएको बताए।

उनले भने, “फिल्मलाई ‘सैयारा’ को नेपाली भर्सन भन्नु सतही बुझाइ मात्र हो। फिल्मको कथा के हो भन्ने नबुझी लभस्टोरी फिल्म भयो र दुवैमा नयाँ अनुहार छन् भन्ने आधारमा तुलना गर्नु उचित हुँदैन। फिल्म रिलिजपछि यस्तो बुझाइ गलत सावित हुनेछ, किनकि ‘कुमारी’ को कथा ‘सैयारा’ भन्दा बिल्कुल फरक छ।”

निर्देशक राउतले आफ्ना अघिल्ला लभस्टोरी फिल्मभन्दा ‘कुमारी’ दर्शकका लागि फरक अनुभूति दिने दाबीसमेत गरे।

फिल्म ‘कुमारी’ बाट अबिषेक खड्का र आकृति राजभण्डारी ले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनिषा शर्मा लगायत कलाकारको अभिनय रहेको छ।

विनिश इन्टरटेन्मेन्ट को ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा विकास सुवेदी ले लेखेका हुन्। फिल्म आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउने तयारीमा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।