काठमाडौं । नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघमा पुन: श्याममणि आचार्य चयन भएका छन् ।
शनिवार संघको २१ औँ साधारण सभा तथा १० औँ अधिवेशन काठमाडौंको सुकेधारास्थित सूर्य इभेन्टमा सम्पन्न भएको अधिवेशनले आगामी कार्यकालका लागि आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख रजत पोखरेलले रिकन्डिसन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विशेष अतिथि बुढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष एवं नगर प्रवक्ता नवराज भट्टराईले व्यवसायीका समस्या समाधानमा स्थानीय सरकार सकारात्मक रहेको बताए ।
नयाँ कार्यसमितिमा को को ?
अधिवेशनले आचार्यको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । जसमा उपाध्यक्षमा सुरज प्रजापति, महासचिवमा कृष्ण चौलागाईं, सचिवमा विजय थापा, कोषाध्यक्षमा राम गोपाल खुयाल र सह-कोषाध्यक्षमा महेश जोशी चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा राम हरि गौतम, शिवराम श्रेष्ठ, आरती जैसी, रञ्जित कोज्जु, कृष्ण हरि गौतम, प्रदिप ढकाल, सन्तोष तिमिरे, बिपिन चौलागाईं र उज्ज्वल बानिया रहेका छन्।
कार्यक्रममा विभिन्न अटो मोबाइल कम्पनीहरू एमएडब्लु राइड्स , सीजी मोटर्स, हंसराज हुलासचन्द र जगदम्बा मोटर्सले स्टल प्रदर्शनका साथै विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू गरेका थिए ।
दोस्रो कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष आचार्यले संघलाई अझ सशक्त बनाउँदै रिकन्डिसन व्यवसायीहरूको हकहितका लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

Comment