उपत्यकाका सार्वजनिक सवारीमा सीसी क्यामेरा जडान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनहरूमा सीसी क्यामेरा जडानको सुरुवात गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार एक कार्यक्रम गर्दै उपत्यकामा चल्ने सार्वजनिक सवारीहरूमा सीसी क्यामेरा र ड्यासबोर्ड क्यामेरा जडानको सुरुवात गरेको हो ।

सार्वजनिक सवारीभित्रै चोरी तथा अभद्र व्यवहारहरू हुने गरेको गुनासो आएपछि सीसी क्यामेरा जोड्ने अभियान चलाइएको ट्राफिक प्रहरीले बताएको छ ।

यस्ता क्यामेरा जडानले दुर्घटना कसरी, के कारण भयो भन्ने पत्ता लगाउन पनि सहज हुने बताइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।