उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन यात्रुवाहक र निजी सवारीलाई छुट्टाछुट्टै लेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूर्यविनायक–जडिबुटी सडकखण्डमा ट्राफिक व्यवस्थापनका लागि नयाँ नियम लागु गरेको छ।

उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन तथा सवारी दुर्घटना कम गर्ने उद्देश्यले नयाँ नियम लागु गरेको महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उपत्यकाको सवारी आवागमनमा सहजता ल्याउन तथा सवारी दुर्घटना कम गर्ने उद्देश्यले सूर्यविनायक–जडिबुटी सडकखण्डमा यात्रुबाहक तथा मालबाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधन दायाँ लेनबाट र निजी तथा साना सवारी साधन सधैं दाहिने लेनबाट मात्र चलाउने व्यवस्था फागुन १४ गतेदेखि लागु गरिने महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

सवारी साधनहरुले जथाभावी लेनको प्रयोग गरेर सवारी साधन चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावी ओभरटेक गर्ने, तीव्र गतिमा सवारी चलाउनेलगायतका असावधानीले दुर्घटनाको जोखिम बढ्ने हुनाले त्यस्तो सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरि सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।