सर्लाही ४ मा कांग्रेस सभापति थापाको उम्मेदवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही ४ मा उम्मेदवारी दर्ता गराएका छन्।

सभापति थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गरेका हुन्। उनको उम्मेदवारीको प्रस्तावकमा उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह रहेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए।

विगतमा काठमाडौँ क्षेत्र ४ बाट प्रतिस्पर्धा गर्दै आएका थापाले यसपटक अन्तिममा सर्लाही ४ रोजेका हुन्। समयको चापका कारण उम्मेदवार थापा यहाँ उपस्थिति हुन नसकेपछि नेता वीरेन्द्र सिंहले वारेस रहेर उम्मेदवारी दर्ता गरेका हुन्।

थापासँगै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अमरेशकुमार सिंह, नेपाली कम्युनिस्ट पार्टीबाट रजनिश यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वर राय यादव र नेकपा एमालेबाट रविशंकर कुशवाहाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।