मौसम पूर्वानुमान : कुन-कुन प्रदेशमा पानी पर्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले विहिबार देशका थोरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरेको छ । बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।

यहि न्युन चापीय क्षेत्रको प्रभावले केही प्रदेशका केही स्थानमा पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको हो । अहिले देशभर आँशिक देखि सामान्य बदली रहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

असोज २२ गते (बिहिबार)
दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २३ गते (शुक्रबार)
दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

असोज २४ गते (शनिबार)

दिउँसो : प्रदेश १ र प्रदेश २ मा आंशिक बदली र बाँकी प्रदेशहरुमा मौसम सफा रहनेछ। प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।