चित्तल मारेको आरोपमा दुईजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके। जंगली जनावर चित्तल मारेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

डुडुवा गाउँपालिका–४ राप्ती पुलबाट करिब २६ किलो तौलको पोथ चित्तलसहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकामा राप्ती सोनारी गाउँपालिका–६ बस्ने २३ वर्षीय सामेल रोका र नेपालगन्ज उपमहानगरपालिका–७ बस्ने ३० वर्षीय अञ्जन हमाल रहेका छन्।

अस्थायी प्रहरी पोष्ट फत्तेपुर ‘ख’ बाँकेबाट खटिएको प्रहरीले राप्ती सोनारी गाउँपालिका–६ कुण्डा चोकमा फत्तेपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे.८ प ५४६५ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा मोटरसाइकलमा रहेका उनीहरु नरोकी भागेका थिए। 

फरार भएपश्चात जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिई जाँच गर्दा घाँटी काटेर बोरामा राखेको अवस्थामा चित्तल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्लास्थित डिभिजन वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।